काठमाडौँ– स्वास्थ्य पत्रकार मञ्चको चौथो राष्ट्रिय अधिवेशन सम्पन्न भएको छ । शनिवारका दिन काठमाडौँमा सम्पन्न सो नयाँ अधिवेशनमा मञ्चका अध्यक्षको रुपमा रामप्रसाद न्यौपाने निर्वाचित भएका छन् ।


ADVERTISEMENT


स्वास्थ्य पत्रकारहरुको हकहितको लागि साझा संस्थाको रुपमा ६ वर्षदेखि सञ्चालन हुदैँ आएको सो मञ्चको अध्यक्षको गरिमामय पदमा रामप्रसाद न्यौपाने निर्वाचित भएका हुन् । प्रतिस्पर्धी उद्धव भेटवाललाई १४ मतले उछिन्दै न्यौपानेले अध्यक्षको पद आफ्नो हात पारेका हुन् ।


ADVERTISEMENT

# # #


कुल ६० मतदानमध्ये न्यौपानेले ३७ मत आफ्नो हात पारेका थिए । यस्तै, प्रतिस्पर्धी भेटवालको पक्षमा भने कुल २७ मतदान खसेको थियो ।यसैगरि, मञ्चको उपाध्याक्षमा सरोज ढुंगेल, महासचिव पदमा भिषा काफ्ले, सचिव पदमा सन्जिता खनाल र कोषाध्यक्षमा कमला गुरुङ समेत निर्वाचित भएका छन् ।

मञ्चको छैठौँ साधारण सभाको सुअवसरमा सो अधिवेशन सम्पन्न गरिएको थियो । यस्तै, सदस्य अन्र्तगत भने क्रमशः सागर बुढाथोकी, फातिमा बानु, सिर्जना बराल, तुलसा घिमिरे, बिना न्यौपाने, ज्योति अधिकारी, महेश तिमिल्सिना र स्नेहा कर्ण निर्वाचित भएका छन् ।

कार्यक्रममा पदाधिकारी तर्फको चार पदमा निर्वाचन भएपनि निर्वाचनमा कोषाध्यक्ष र आठ जना सदस्यहरु निर्विरोध निर्वाचित भएका हुन् ।मञ्चमा सदस्य एवम् अन्य पदका लागि विभिन्न मिडियामा रहेर अनिवार्य रुपमा स्वास्थ्य पत्रकारिता क्षेत्रमा योगदान पुर्याएको हुनेपर्ने नियम छ ।