काठमाडौँ – आगामी सातादेखि कतारमा तय भएको नेपाल र कतारबीचको द्विपक्षीय टी–२० सिरिज स्थगित भएको छ । ‘कतार स्पोर्टस् डे’ का अवसरमा फेब्रुअरी ९ देखि १२ सम्म कतारको दोहामा हुने भनिएको सिरिज स्थगित भएको नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ ।


ADVERTISEMENT


कतार सरकारले कोरोना भाइरस (कोभिड–१९) प्रटोकललाई ध्यानमा राख्दै सम्पूर्ण प्रतियोगिता स्थगित गरेको सूचना कतार क्रिकेट एशोसिएसनले पठाएसँगै सिरिज स्थगित भएको क्यानका सचिव अशोकनाथ प्याकुरेलले जानकारी दिएका छन् ।


ADVERTISEMENT

# # #


सिरिजमा खेल्ने टोलि चयन गर्न क्यानले बन्द प्रशिक्षणका लागि १८ सदस्यीय टोली गठन गरेको थियो । सिरिज स्थगित भएसँगै आजदेखि सुरु हुने भनिएको बन्द प्रशिक्षण पनि अर्को सूचना नआएसम्मका लागि स्थगित भएको क्यानको भनाई छ ।