काठमाडौं,
१९-असोज /  
त्रिवि शिक्षण अस्पताल महाराजगन्जका प्राध्यापक डा. गोविन्द केसीले आफ्नो १३ औं अनसन आजबाट सुरु गर्ने भएका छन्। अनसन अपरान्ह साढे चार बजेबाट सुरू हुने डा. केसीका सहयोगी अभिषेक सिंहले जानकारी दिएका छन्।

संसदमा विचाराधीन चिकित्सा शिक्षा विधेयक तोडमोड गरेर जनतामुखी र विद्यार्थीमुखी नभई माफियामुखी ऐन जारी गर्ने अन्तिम प्रयास भइरहेकाले डा. केसी अनसनमा बसेका हुन्। गत असोज ९ गते सुरू गरेको १२ ‌औं अनसन दसैंका कारण ११ गते नै स्थगित गरेका डा. केसीले १९ बाट पुनः बस्ने बताएका थिए।


ADVERTISEMENT


अनसन स्थगित गरेपछि १३ गते प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर चिकित्सा शिक्षा विधेयक तोडमरोड नगरी पारित गर्न उनले असोज १९ गतेसम्मको अल्टिमेटम दिएका थिए।
-सेतोपाटी


ADVERTISEMENT

# # #