काठमाडौँ – राष्ट्रिय महिला फुटबल टिमकी महत्वपूर्ण सदस्य समेत रहेको सावित्रा भण्डारीले एकै खेलमा १२ गोल गरेकी छन् । उनले विभागीय टिम एपीएफका लागि महिला राष्ट्रिय लिगमा चौदण्डीगढी नगरपालिका उदयपुरविरुद्ध १२ एक्लै १२ गोल प्रहार गरेकी हुन् ।


ADVERTISEMENT


सोमबार एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा उनले ५, ३२, ३३, ३४, ३८, ४७, ५५, ६२, ६३, ७२, ७९, ९० र अतिरिक्त ३ तेस्रो मिनेटमा गोल गर्दै गोल संख्या १२ पुर्याइन् ।


ADVERTISEMENT

# # #


सावित्राको उत्कृष्ट प्रदर्शनसँगै एपिएफले माथि २२–० को फराकिलो अन्तरको जित हात पारेको छ । एपीएफले लगातार छैटौं खेलमा जित हात पारेको हो । एपीएफको जितका लागि सावित्रासँगै कप्तान अनु लामाले ५, अनिता बस्नेतले ३ तथा सरु लिम्बु र रेनुका नगरकोटेले समान १–१ गोल गरेका हुन् ।