काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड नेपाल समूह पार्टी आधिरिकारिकता र चुनाव चिन्ह दाबी गर्दै निर्वाचन आयोग पुगेको छ । मंगलबार समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव कुमार नेपाल लगायतका नेताहरु निर्वाचन आयोगमा पुगेका हुन् ।


ADVERTISEMENT


उनीहरुले आफ्नो समूहलाई पार्टीको आधिकारिता दिन र निर्वाचन आयोग सूर्य उपलब्ध गराउन माग गर्दै आयोगलाई पत्र बुझाएका हुन् । प्रचण्ड-नेपाल समूहको सोमबार बसेको केन्द्रीय कमिटिको बैठकले पार्टी आधिकारिकताका लागि निर्वाचन आयोगलाई पत्र लेख्ने निर्णय गरेको थियो ।


ADVERTISEMENT

# # #


प्रचण्ड–नेपाल समूहले अध्यक्षमा नेपाललाई चयन गरेपछि दलसम्बन्धी विवरण अद्यावधिक गर्न आयोगलाई पत्र लेखेको थियो। प्रधानमन्त्री ओलीले नेतृत्व गरेको नेकपाले पनि केन्द्रीय समिति विस्तार गरेर आयोगमा विवरण अद्यावधिक गर्न निवेदन दिएको थियो। आयोगले दुवै पक्षले पठाएको विवरण कानुनसम्मत नभएको जनाई विवरण अद्यावधिक गर्न अस्वीकार गरेको थियो।

तस्बिर : गंगा दाहाल