काठमाडौँ – ‘काठमाडौँ मेयर कप २०७७’ पुरुष क्रिकेट प्रतियोगिताका सञ्चालन गर्नका लागि काठमाडौँ महानगरपालिका र नेपाल क्रिकेट संद्ध (क्यान)बीच सम्झौता भएको छ ।


ADVERTISEMENT


मंगलबार राष्ट्रियसभागृहमा एक कार्यक्रमको आयोजना गर्दै सम्झौतापत्रमा काठमाडौँ महानगरपालिकाका तर्फबाट मेयर विद्या सुन्दर शाक्यको उपस्थितिमा प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवाली र क्यानका तर्फबाट अध्यक्ष चतुरबहादुर चन्दले हस्ताक्षर गरेका हुन् ।


ADVERTISEMENT

# # #


सम्झौता अनुसार कामपाले प्रतियोगिता सञ्चालनका लागि क्यानलाई ५० लाख रुपैयाँ उपलब्ध गराउने छ ।

प्रतियोगिता आगामी चैत्र महिनाभित्र गर्नुपर्नेछ । प्रतियोगिताको फर्म्याट एकदिवसीय हुने सम्झौतामा उल्लेख छ ।