कास्की– चोरी भएको भनिएका जङ्गली जनावरको विभिन्न अंग प्रहरीद्वारा प्रहरीले बरामद भएको छ । वन विज्ञान अध्ययन संस्थाको प्रयोगशालाबाट चोरी भएका जङ्गली जनावरका विभिन्न अङ्ग प्रहरीले बरामद गरेको हो ।


ADVERTISEMENT


क्याम्पसको प्रयोगशालाबाट यही माघ ९ गते राति चोरी भएका चितुवाको छाला, दाँत, हाड, एक जोडी चिलतको सिङ र अन्य हाड अखेटोपहार प्रहरीले बरामद गरेको हो । अनुसन्धानका लागि खटिएको प्रहरी टोलीले पोखरा महानगरपालिका १५ वनपाले जङ्गलको पँधेरोस्थित बोरा र झोलामा बेवारिसे अवस्थामा उक्त जङ्गली जनावरको अखेटोपहार बरामद गरेको हो ।


ADVERTISEMENT

# # #


चोरीमा संलग्न व्यक्तिको खोजी गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । रासस