काठमार्डौँ – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता तथा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले तेस्रो जनआन्दोलन सुरु भएको घोषणा गरेका छन् ।


ADVERTISEMENT


शुक्रबार काठमाडौँको नारायणहिटी संग्रहालय अगाडि आयोजित नेकपा ओली समूहको आमसभालाई सम्बोधन गर्दै गृहमन्त्री थापाले अस्थिरता, अवसरवादका विरुद्ध र संविधान र गणतन्त्रको रक्षाका लागि तेस्रो जनआन्दोलनको सुरुवात भएको दाबी गरेका छन् ।


ADVERTISEMENT

# # #


‘राष्ट्रिय स्वाधिनताको निम्ति आज देश फेरि एकजुट भएको छ । आज नेपाल सिंगो नेपाल समाजवादको पक्षमा आन्दोलित भएको छ ।’ उनले भने, ‘वस्तुतः आज नयाँ ऐतिहासिक जनआन्दोलनको थालनी भएको छ । आजको यो प्रांगणमा लाखौँ जनताको उपस्थितिले नेपालमा अर्को तेस्रो ऐतिहासिक जनआन्दोलन सुरु भएको छ भन्ने यसले स्पष्ट गरेको छ ।’

उनले जनतालाई आन्दोलित गरेर मात्रै राजनीतिक नेतृत्व, संविधान र गणतन्त्रको रक्षा हुने बताए ।