काठमाडौँ – गृहमन्त्री रामबहादुर थापाले नेपालमा हिंसात्मक आन्दोलन गर्नेलाई नछाड्ने बताएका छन् । शुक्रबार नारायणहिटी संग्रहालय अगाडि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहको आमसभालाई सम्बोधन गर्दै उनले हिंसात्मक आन्दोलन नेपालको कानुनविपरित रहेकाले त्यस्तो क्रियाकलाप गर्दै हिंड्नेलाई कडा कारबाही गरिने बताए ।


ADVERTISEMENT


नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधि सभा विघटन अगेर प्रतिगमन तिर गइरहेको नेतृत्वलाई ठाउँमा ल्याउन मांसाहारी आन्दोलन आवश्यक रहेको बताएका थिए । गृहमन्त्री थापाले मांसाहारी आन्दोलन गर्नेलाई जाउलाखेलको चिडियाखाना लगेर बन्द गरिने चेतावनी दिएका छन् ।


ADVERTISEMENT

# # #


‘राजनीतिक नेतृत्वले आत्मसमर्पण गर्दैन, स्वेच्छाले राजीनामा दिँदैन भने त्यसलाई षड्यन्त्रपूर्वक ढंगले विस्थापित गरिनेछ, मांसाहारी आन्दोलन गरेर नेतृत्वलाई अपदस्थ गरिनेछ भनेर घोषणा गर्दै हिंगेका छन् ।’ गृहमन्त्री बादलले भने, ‘म यो ऐतिहासिक जनसभामार्फत के भन्न चाहन्छु भने, ती मांसाहारी आन्दोलन गर्नु हाम्रो कानुनले अपराध घोषित गरेको छ । ती अपराध गर्नेहरुलाई, ती मांसाहारी आन्दोलन गर्नेहरुलाई जाउलाखेलको चिडियाखानामा लगेर बन्द गरिनेछ ।’

उनले अस्थिरता खोज्नेहरुका विरुद्ध, अवसरवादका विरुद्ध र संविधान र गणतन्त्रको रक्षाका लागि तेस्रो जनआन्दोलन सुरु भएको बताए ।