काठमाडौँ – आइएमई ट्राभल्सले आफ्नो २५औँ वार्षिकोत्सवका अवसरमा नेपाल एसोसिएसन अफ टुर्स एण्ड ट्राभल्स (नाट्टा) को कार्यालय निर्माणाधीन भवनको सहयोगका लागि १ लाख ५१ हजार १ सय ११ रूपैयाँ सहयोग गरेको छ ।


ADVERTISEMENT


ट्राभल्सको केन्द्रीय कार्यालय काठमाडौंमा विहीवार आयोजित एक विशेष कार्यक्रमकावीच आइएमई ग्रुपका अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले उक्त रकम बराबरको चेक नाट्टाका प्रथम उपाध्यक्ष विनय बस्नेतलाई हस्तान्तरण गरेका हुन् ।


ADVERTISEMENT

# # #


उक्त कार्यक्रममा आइएमई ट्राभल्सका संचालकद्वय सरिता ढकाल एवम् अर्जुन शर्मा पौडेल, प्रमुख कार्यकारी अधिकृत बिनोद सापकोटा र नाट्टाका महासचिव सुधिर उपाध्यायको उपस्थिति रहेको थियो ।

आइएमई ट्राभल्सले आफ्नो २५औँ वार्षिकोत्सवका अवसर पारेर पर्यटन विकासमा सकारात्मक योगदान पु¥याउने उद्देश्यले आन्तरिक पर्यटकहरूलाई लक्षित गर्दै बिभिन्न ग्राहकमूखी योजना ल्याएको छ । बैंकिङ्ग, रेमिटेन्स, इन्सुरेन्स लगायतका व्यावसायिक क्षेत्रमा आफुलाई अब्बल साबित गर्दै आइरहेको आइएमई समुहले पर्यटन क्षेत्रको समग्र बिकासमा महत्त्वपूर्ण योगदान दिँदै आएको छ ।

उक्त अवसरमा आइएमई ग्रुपका अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालको समग्र वस्तुस्थिति नियाल्ने पहिलो आँखा पर्यटन उद्योग र यससँग सम्बन्धित क्षेत्र रहेकाले सम्पूर्ण व्यवसायहरुलाई पर्यटन विकासका लागि जुट्न आग्रह गरे । उनले कोरोना महामारीकाबीच स्वास्थ्य सम्बन्धि मापदण्ड पुर्ण रुपमा पालना गर्दै आफ्नो तह र तप्काबाट राज्यले निर्दिष्ट गरेका मापदन्डभित्र रहेर अझ विशेष भूमिका खेल्न आग्रह गरे ।

आइएमई ट्राभल्सका प्रमुख कार्यकारी अधिकृत विनोद सापकोटाले पर्यटन विकासका लागि आइएमई ग्रुपले हालसम्म खेलेको भूमिकाको स्मरण गर्दै पर्यटन बिकासका लागि आफ्नो सेवालाई द्रुत गतिमा विस्तार गर्ने जानकारी दिए । उनले कोरोनाले बाह्य पर्यटन विस्तारमा केही ढिला हुने देखिएकाले आन्तरिक पर्यटन विस्तारलाई जोड दिँदै यससँग सम्बन्धित सम्पूर्ण क्षेत्रलाई चलायमान बनाउनु पर्ने बताए ।