बारा– प्रहरीले स्रोत नखुलेको ४९ लाख नेपाली रुपैयाँसहित दुई भारतीयलाई पक्राउ गरेको छ ।


ADVERTISEMENT


शनिबार फेटा गाउँपालिका वडा ५ जोतपुर टोलस्थित दशगाजा क्षेत्र नजिकै पर्ने सडक खण्डमा अस्थायी प्रहरी पोष्ट जोतपुरबाट खटी गएको प्रहरी टोलीले शङ्का लागि जाँच गर्दा मोटरसाइकलमा सवार दुई भारतीय नागरिकलाई नगदसहित पक्राउ गरिएको हो ।


ADVERTISEMENT

# # #


पक्राउ परेका लाई आज सार्वजनिक गरिएको प्रहरी प्रवक्ता गौतम मिश्रले जानकारी दिएका छन् ।

बिआर ०५ थ ६४१७ नम्बरमा सवार भारत विहार जिल्ला मोतिहारी थाना हंशपुर ग्राम पञ्चायात वडा नं १० घोडासहान बस्ने २६ वर्षीय अरबिन्द महतो र १४ वर्षीय (नाम परिवर्तित) खम्बालाई पक्राउ गरेको प्रवक्ता मिश्रले जनाएका छन्।

कपडाको झोलामा लुकाइछिपाइ एक हजारको एक हजार ९ सय २३ थान, ५ सय को पाँच हजार ७ सय ४ थान, १०० को एक हजार २ सय थान र रु ५० को १ सय थान रुपैयाँसहित नेपाल आइरहेका अवस्थामा उनीहरुलाई पक्राउ गरिएको अर्का प्रहरी उपरीक्षक दीपेन्द्र शाहीले जानकारी दिए ।

घटनाबारे थप अनुसन्धान भइरहेको र यस कारोवारमा नेपालीको पनि सहभागिता रहेको हुनसक्ने हुँदा चाँडै नै तिनीहरुलाई कानूनी दायरामा ल्याउने उपरीक्षक शाहीले बताए। पक्राउ परेका दुवै जनालाई सम्पत्ति शुद्धीकरण विभाग काठमाडौँमा पठाइने बताइएको छ ।

पक्राउ परेका हकमा बिगोको दोब्बर र दुई वर्षदेखि १० वर्षसम्मको जेल सजाय हुने व्यवस्था रहेको छ । रासस