जुम्ला– तातोपानी गाउँपालिको– १ स्थित तरापी लेकमा आगलागी हुँदा एक हजार स्याउका बिरुवा जलेर नष्ट भएका छन् । आगजनीमा परी वडाका चार स्थानीय बासिन्दाका बगैँचामा भएका करीब एक हजार स्याउका बिरुवा आगलागीबाट नष्ट भएको हो ।


ADVERTISEMENT


स्थानीयवासीले दुःख गरेर हुर्काएका बिरुवा आगोमा नष्ट भएकोप्रति किसान चिन्तित भएको वडाध्यक्ष प्रेरम बहादुर कठायतले बताए। पानीको चरम अभाव भएको सो वडाको तरापी गाउँका किसानले बोकेरै सिँचाइ गरेर हुर्काएका एक हजार बढी स्याउका बिरुवा बगैँचामै आगलागी हुँदा नष्ट भएको जानकारी उनले दिए ।


ADVERTISEMENT

# # #


स्याउका बिरुवासँगै वस्तुभाउलाई खुवाउन जम्मा गरिएको घाँस र एउटा गोठसमेत जलेको छ । तरापी राँकाको मौसमी बस्ती हो । अहिले यहाँका किसान चिसो हिउँद कटाउन गाउँ झरेका छन् ।

लेकमा चिसो बढेपछि गाउँ झरेका किसानले अनेक कष्ट गरी हुर्काएर फल्न थालेका स्याउका बिरुवा भएको बगैँचा एकाएक आगोले सखाप पारेको र आफ्नो मिहिनत खेर गएका कारण हाल यहाँका किसान चिन्तित भएका छन् । तीन घण्टा पानी बोकेर सिँचाइ गरी हुर्काएको बगैँचा नष्ट भएपछि आफूहरु चिन्तित भएको धरलाले दुखेसो पोखे ।

एक्कासी यस्तो विपत्ति आइ लागेकोले अब राहतका लागि समन्वय गरिने गाउँपालिका अध्यक्ष न्यौपानेले बताएका छन् । यस्तै, छिट्टै कार्यपालिकाको बैठकबाट निर्णय गरी राहत उपलब्ध गराउने गाउँपालिकाको भनाई छ।

आगलागीबारे थप अनुसन्धान भइरहेको वडा कार्यालयले जनाएको छ । रासस