काठमाडौं – सनराइज बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डेपुटी सीईओ) मा आरती राणा नियुक्त भएकी छन् ।


ADVERTISEMENT


बैंकको सञ्चालक समितिको बैठकले राणालाई डेपुटी सीईओ पदमा नियुक्त गरेको हो । यो भन्दा पहिले राणा सोही बैंकको डेपुटी जनरल म्यानेजर(डीजीएम) पदमा कार्यरत थिइन् । झण्डै दुई दशकदेखि बैंकिङ्ग क्षेत्रमा रहेकी राणा गत २०७६ असोजमा सनराइज बैंकमा डीजीएमको पदमा नियुक्त भएकी थिइन् ।


ADVERTISEMENT

# # #


राणाले यसअघि मार्केटिङ, रिटेल बैंकिङ्ग, शाखा प्रबन्धन, कर्पोरेट लेन्डिङ्ग र पूर्वाधार परियोजनादेखि बैंकिङ्ग वितीय क्षेत्रको विविध क्षेत्रको भूमिका निभाइसकेकी छिन् । पछिल्लो समय यो क्षेत्रको उच्च स्थानमा पुग्ने महिलाको संख्या बढ्दो क्रममा छ ।