काठमाडौँ– प्रतिनिधिसभा विघटनयता सडक सङ्घर्षमा होमिएको नेपाल कम्युनिस्ट पार्टी नेकपा प्रचण्ड–माधव नेपाल समूहले आज वृहत् जुलुस प्रदर्शन गर्दैछन् । प्रधानमन्त्री केपी शर्मा ओलीको संसद् विघटनको निर्णयको विरुद्धमा सो जुलुस निकालिएको हो ।


ADVERTISEMENT


उक्त जुलुसका कारण हाल त्रिपुरेश्वर, थापाथली, पुल्चोक, जमल, रत्नपार्क, माइतीघर एवम् बानेश्वरलगायतका स्थानहरु ट्राफिक जामको समस्याबाट प्रभावित भएका छन् ।


ADVERTISEMENT

# # #


प्रधानमन्त्री ओलीको विघटन निर्णयबाट असन्तुष्ट भएका नेकपाका दुवै अध्यक्ष प्रचण्ड–माधवले प्रधानमन्त्रीको उक्त निर्णय असंवैधानिक भएको र सो निर्णय कदम नसच्चिए देश राजनीतिक सङ्कटको भुमरीमा पर्नेु चेतावनी समेत दिदैँ आएका छन् ।

यता, प्रधानमन्त्री ओलीले भने प्रचण्ड–माधवको सो विरोधलाई बेवास्ता गर्दै निर्वाचन प्रक्रिया अघि बढाउन निर्देशन समेत दिइसकेका छन् ।ओलीले गत पुष ५ मा संसद्‌को तल्लो सदन विघटन गरेका थिए । उनले हाल नयाँ निर्वाचनका निम्ति मिति समेत तोकिसकेका छन् ।

नयाँ निर्वाचन अब आउँदो वैशाखमा हुने भनिएको छ ।