काठमाडौँ – विभाजित नेपाल कमयुनिस्ट पार्टी (नेकपा)की केन्द्रीय सदस्य रामकुमारी झाँक्रीलाई पक्राउ गर्न प्रहरी उनको घरमै पुगेपछि समर्थकहरुले प्रहरीविरुद्ध नाराबाजी गरेका छन् ।


ADVERTISEMENT


झाँक्रीले केही दिनअघि गोरखाको एक सभामा राष्ट्रपतिविरुद्ध दिएको अभिव्यक्तिलाई लिएर प्रहरीले उनलाई सोधपुछका लागि प्रहरी कार्यालय बोलाएको थियो । तर, झाँक्री नगएपछि प्रहरी उनको घरमै पुगेको छ ।


ADVERTISEMENT

# # #


झाँक्रीका समर्थक एवम् प्रचण्ड-माधव समूहका कार्यकर्ताहरु समर्थकहरुले उनको घर अगाडि नै प्रहरीविरुद्ध नाराबाजी गरिरहेका छन् ।