काठमाडौँ– सरकारले पहिलो चरणको दोस्रो प्राथमिकतामा परेका व्यक्तिलाई फागुन २ गतेदेखि कोरोना भाइरसविरुद्धको ‘कोभिशिल्ड’ लगाउने भएको छ ।


ADVERTISEMENT


स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले फागुन २ देखि ८ गतेसम्म दोस्रो प्राथमिकतामा परेका व्यक्तिलाई खोप लगाइने जानकारी दिएका हुन् ।


ADVERTISEMENT

# # #


दोस्रो प्राथमिकतामा परेका व्यक्तिलाई जिल्लाबाटै खोप प्रदान गरिने जनाइएको छ ।

उनका अनुसार, पहिलो प्राथमिकतामा परेका व्यक्तिबाट बचेको खोप मन्त्रालयको दोस्रो प्राथमिकता परेका तीन लाख व्यक्तिलाई लगाइनेछ। खोप अस्पताल र स्वास्थ्य सङ्घसंस्थाबाट लगाइने भएको छ ।

जिल्लास्थित सबै सरकारी कार्यालयका कर्मचारी, सार्वजनिक संस्थानका कर्मचारी, बैंक तथा वित्तीय संस्थाका कर्मचारी, जिल्लास्थित पत्रकार, स्थानीय तहका जनप्रतिनिधि र कर्मचारी, सीमा सुरक्षा चौकीमा खटिएका सुरक्षाकर्मी र पहिलो चरणमा प्राथमिकतामा परेका व्यक्तिलाई खोप वितरण गरिनेछ ।

पहिलो चरणको पहिलो प्राथमिकतामा परेका चार लाख ३० हजारलाई लगाउने योजना भए पनि एक लाख ८४ हजारले खोप लगाएका छन् । पहिलो चरणबाट बचेको खोप पत्रकार र कूटनीतिक नियोगका पदाधिकारी र कर्मचारीलाई यही माघ २६ गतेदेखि लगाउन थालिएको हो । उनीहरुलाई शुक्रबारसम्म लगाइने छ ।

कूल जनसङ्ख्याको ७२ प्रतिशतलाई खोप लगाउने सरकारको योजना छ । तीमध्ये मन्त्रालयले यही माघ १४ गतेदेखि माघ २४ गतेसम्म पहिलो चरणमा कूल जनसङ्ख्याको तीन प्रतिशतलाई खोप दिनेमध्ये पहिलो प्राथमिकतामा परेका व्यक्तिलाई मात्र खोप प्रदान गरेको थियो । भारत सरकारले अनुदानमा १० लाख मात्रा खोप उपलब्ध गराएको थियो ।

यसैगरि, चीन सरकारले पनि नेपाललाई पाँच लाख मात्रा खोप उपलब्ध गराउने भएको छ ।मन्त्रालयका प्रवक्ता डा. गौतमले दोस्रो चरणका खोप अभियान नयाँ खोप आएपछि मात्र सञ्चालन गरिने बताएका छन् । नेपालमा अहिलेसम्म दुई लाख ७२ हजार ३ सय ४९ सङ्क्रमित भएका छन् ।

यस्तै, हालसम्म निको हुनेमा दुई लाख ६८ हजार ५ सय ४९ रहेको छ भने, मृत्यु हुनेको संख्या दुई हजार ४७ जना रहेको छ ।
रासस