काठमाडौँ – नेपाी कांग्रेसका युवा नेता गगन थापाले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड–माधव समूहकी नेतृ रामकुमारी झाक्री पक्राउको विरोध गरेका छन् ।


ADVERTISEMENT


बिहीबार सामासजक सञ्जाल फेसबुकमार्फत नेता थापाले कर्तव्य निर्वाह गर्ने छाडेर अलोकतान्त्रिक र असंवैधानिक कार्य गर्नेका विरुद्ध बोल्नेहरुलाई थुनेर तर्साउन खोज्ने भन्दै प्रश्न गरेका हुन् । उनले राजतन्त्रमा महाराजा भएजस्तै अहिले राष्ट्रपति भएको आरोप लगाएका छन् ।


ADVERTISEMENT

# # #


उनले सत्यको पक्षमा बोल्ने मुख सरकारले तर्साउँदैमा बन्द नहुने भन्दै उनले झ्यालखानाहरुको संख्या थप्न सरकारलाई चुनौति दिएका छन् ।

उनले फेसबुकमा भनेका छन्, ‘कर्तव्य निर्वाह गर्न छोडेर, असंवैधानिक र अलोकतान्त्रिक कार्य गर्ने अनि त्यसमा प्रश्न गर्नेलाई झ्यालखानामा राखेर तर्साउन खोज्ने ? उहिले महाराजा अहिले राष्ट्रपति । सरकार झ्यालखानाको संख्या थप,किनकि सत्य को पक्षमा बोल्ने मुख तिमिले देखाएको त्रासले बन्द हुँदैन।’

नेतृ झाँक्रीलाई प्रहरीले राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध अभिव्यक्ति दिएको आरोपमा बिहीबार उनकै निवासबाट पक्राउ गरेको थियो ।

सम्बन्धित समाचार
– पक्राउ पर्नुअघि रामकुमारी झाँक्रीको सम्बोधन : इमान्दार नागरिकका रुपमा गिरफ्तारी दिँदैछु
रामकुमारी झाँक्री निवासबाटै पक्राउ, राज्यविरुद्धको कसुरको मुद्दा
– झाँक्रीलाई निःशर्त र अविलम्ब रिहा गर : नेकपा प्रचण्ड-माधव समूह

कर्तव्य निर्वाह गर्न छोडेर, असंवैधानिक र अलोकतान्त्रिक कार्य गर्ने अनि त्यसमा प्रश्न गर्नेलाई झ्यालखानामा राखेर तर्साउन…

Posted by Gagan Thapa on Wednesday, February 10, 2021