काठमाडौं– व्यवस्थापिका संसदको सार्वजनिक लेखा समितिले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम चालू आर्थिक वर्षभित्रै सम्पन्न गर्नेगरी काममा तीव्रता दिन सरकारलाई निर्देशन दिएको छ ।


ADVERTISEMENT


समितिको बिहिबार बसेको बैठकले विमानस्थल निर्माणको काम सन्तोषजनक नरहेको निष्कर्ष निकाल्दै तोकिएको मितिमा सम्पन्न हुनेगरी काममा तीव्रता दिन संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयलाई निर्देशन दिएको हो ।


ADVERTISEMENT

# # #


सम्बन्धित मन्त्रालय, आयोजना प्रमुख र आयोजना स्थलको समेत अनुगमन गरेपछि गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम समयमै सक्न निर्देशन दिनुपरेको समितिका सभापति डोरप्रसाद उपाध्यायले जानकारी दिए । समितिले आयोजना निर्माणका लागि आवश्यक सामग्रीहरुको सहज आपूर्ति गर्न प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालय, आपूर्ति मन्त्रालय र संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयलाई पनि सचेत गराएको छ ।

समितिले निर्माणाधिन आयोजनाको जग्गाको मुआब्जा वितरणको काममा देखिएको समस्या समाधान हुनेगरी आवश्यक नीतिगत व्यवस्था गरिदिन अर्थ मन्त्रालयलाई पनि सचेत गराएको छ । बैठकमा आयोजना निर्माणको जिम्मेवारी पाएको चिनियाँ ठेकेदार कम्पनी नर्थवेष्ट सिभिल एभिएसनले कामै नगरेको आयोजना प्रमुख ओम शर्माले समितिलाई जानकारी गराएका थिए । भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल चालू आर्थिक वर्षभित्रै सम्पन्न गरिसक्ने लक्ष्य लिइएको राष्ट्रिय गौरवको आयोजना हो ।

यो आयोजना निर्माणका लागि एसियाली विकास बैंकले पनि आर्थिक सहयोग उपलब्ध गराएको छ ।