लहान– वसन्तपञ्चमीका नाममा हुने छाडापन र विकृतिजन्य कार्य रोक्न सिरहाको स्थानीय प्रशासनले कडा नीति अपनाएको छ । सरस्वती पूजाको अवसरमा चर्को स्वरमा डिजे बाजा र अश्लिल गीत बजाउन रोक लगाउँदै स्थानीय प्रशासनले त्यस्तो कार्य गर्नलाई तत्काल पक्राउ गरी कानूनी कारवाही गर्ने निर्णय गरिएको हो ।


ADVERTISEMENT


जिल्ला प्रशासन कार्यालयले सूचना प्रकाशित गर्दै सरस्वती पूजामा डिजेबाजा र अश्लिल गीत बजाए कानूनबमोजिम कारवाही गरिने जनाएको छ । सरस्वती पूजामा डिजेबजाको प्रयोग नगर्न र भोजपुर, मैथिली, नेपाली अश्लिल किसिमको गीत नबजाउन आग्रह गर्दै प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेलद्वारा हस्ताक्षरित सूचनामा बेवास्ता गरी चर्को स्वरमा डिजे बजाउने, अश्लिल गीत बजाउनेलाई तत्काल पक्राउ गरिने उल्लेख छ ।


ADVERTISEMENT

# # #


पक्राउ पर्ने डिजे जफत गरी सम्बन्धित व्यक्तिमाथि कानूनबमोजिम कारवाही प्रक्रिया अघि बढाइने जनाएको छ । साथै सरस्वती पूजाको नाममा विद्यालयले उठाइरहेको चन्दासमेत तत्काल रोक्न निर्देशन दिँदै सूचनामा विद्यार्थीबाट सरस्वती पूजाको नाममा जिल्लाका सामुदायिक तथा निजी विद्यालयले उठाइरहेको चन्दा नउठाउनु र उठाएको चन्दासमेत फिर्ता गर्न निर्देशन दिएको छ । रासस