काठमाडौँ – देशकै एक अग्रणी सिमेन्ट उद्योग शिवम सिमेन्ट्स लि. ले मकवानपुर क्षेत्रका विभिन्न विद्यालयहरुका विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेको छ ।


ADVERTISEMENT


शिवम् सिमेन्ट्सले आफ्नो उद्योग सञ्चालित क्षेत्रमा आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत उद्योग तथा खानी क्षेत्रका विद्यालयहरुमा अध्ययनरत विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेको हो ।


ADVERTISEMENT

# # #


श्री त्रिभुवन माध्यमिक विद्यालय हटिया, कोलखोप प्राथमिक विद्यालय बकैया तथा रुपनारायण माध्यमिक विद्यालय बुढिचौरमा अध्ययनरत ५०० भन्दा बढि विद्यार्थीहरुको लागि स्वीटर तथा ट्याकसुट वितरण गरेको हो ।

उक्त अवसरमा कम्पनीका प्रतिनिधीले भने, “चिसोको समयमा चिसोकै कारण विद्यार्थीहरु नियमित पठनपाठनमा प्रभावित हुन नपरोस भन्ने अभिभ्रायले विद्यार्थीहरुको लागि न्यानो कपडा वितरण गरेका हौं ।”

कम्पनीले विगतका दिनहरुमा पनि आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत स्वास्थ्य सिविर, विपन्न परिवारको लागि खाद्यान्न वितरण, आइशोलेसन बेड निर्माणको लागि आर्थिक सहयोग, उद्योग क्षेत्रका विभिन्न विद्यालयहरुमा छात्रवृत्ती, एम्बुलेन्स हस्तान्तरण, न्यानो कपडा वितरण लगायतका क्षेत्रमा सहयोग गर्दै आएको थियो ।