पोखरा– गरिमा विकास बैंकको अध्यक्षमा श्याम प्रसाद बस्याल चयन भएका छन् । शुक्रवार पोखरामा सम्पन्न बैंकको १४ औँ वार्षिक साधारण सभामा आगामी ४ वर्षका लागि बस्याललाई अध्यक्षमा चयन गरेको हो ।साधारण सभाले बस्यालसहित ६ सदस्यी संचालन समिति चयन गरेको छ ।


ADVERTISEMENT


बैंकको साधारण समितिको सदस्यामा संस्थापकतर्फ डा. आनन्द प्रसाद श्रेष्ठ र दीपेन्द्र श्रेष्ठ, शेयर सदस्यबाट संजिव ढकाल, सरस्वती पाठक र विमल पाण्डे चयन भएका हुन्।


ADVERTISEMENT

# # #


साधारण सभामा बैंकले सर्लाहीको सहारा विकास बैंक सँग मर्जरमा जाने प्रस्ताव समेत आएको जानकारी दिएको छ ।

उक्त साधारण सभाले १३.५ प्रतिशत वोनस शेयर दिने प्रस्ताव पारित गरेको छ । बैंकको ३ अर्ब २३ करोड ८७ लाख चुक्ता पूँजी रहेकोमा ५४ अर्ब ५१ करोड निक्षेप, ४६ करोड लगानी रहेको बैंकका कार्यकारी अधिकृत (सीईओ) गोविन्द प्रसाद ढकालले जानकारी दिएका छन् ।

बैंकले हालसम्म १ सय ६ शाखाबाट बैंकिङ सेवा प्रदान गरिरहेको छ ।