काठमाडौँ – प्रधानमन्त्री केपी शर्माओलीले देशलाई राजनीतिक अस्थिरताको खेल मैदान बन्न नदिन प्रतिनिधिसभा विघटन गरिएको तर्क गरेका छन् ।


ADVERTISEMENT


सोमबार सरकारका तीन वर्ष पुगेको अवसरमा सिंहदरबारमा सम्बाधन गर्दै प्रधानमन्त्री ओलीले आफ्नै पार्टीले सरकारलाई काम गर्न नदिएको र संसदमा अर्को सरकार बन्ने कुनै पनि सम्भावना बाँकी नरहेकाले प्रतिनिधिसभा विघटन गर्नुपर्ने बाध्यता सिर्जना भएको उल्लेख गरे ।


ADVERTISEMENT

# # #


‘विभिन्न समीकणका खेलहरु सुरु हुने संकेत देखा परे । फेरि ६–८ महिनामा सरकार परिवर्तन हुने, त्यसको निरन्तर अनियन्त्रित शृंखला सुरु हुने सम्भावना थियो ।’ उनले भने, ‘देशलाई त्यसबाट जोगाउन आवश्यक थियो । त्यसकारण प्रतिनिधिसभाको बाँकी यस कार्यकाललाई राजनीतिक अस्थिरताको खेल मैदान बन्न दिन हुँदैनथ्यो । प्रधानमन्त्रीको हैसियतले मेरासामू त्यस्तो बन्न दिने कि अर्को विकल्पमा जाने भन्ने थियो ।’

प्रधानमन्त्री ओलीले राष्ट्रिय राजनीतिलाई अस्वस्थ खेलतर्फ जान नदिन आफूले विघटनको कदम चालेको दाबी गरे । संसद विघटन प्रतिमन र असंवैधानिक भन्दा आफूलाई उदेक लागेको बताए । जनताले आफूलाई दिएको जिम्मेवारी र जनताकासामू गरिएको वाचालाई पूरा गर्न नदिएपछि संसद विघटन गर्नुपरेको उनले स्पष्ट पारे ।

पार्टीभित्रका केही नेताहरुको अतिरिक्त आकांक्षाको बाछिटा संसदमा नपरोस् भनेर संसद विघटनमा हस्तारक्षर हुनुअघि पुस ५ गतेसम्म पनि आफूले अन्तिम प्रयास गरेको बताए ।