काठमाडौँ – प्रतिनिधसभा विघटनविरुद्धका मुद्दाका ‘एमीकस क्युरी’ वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्कीले प्रतिनिधिसभा विघटन असंवैधानिक रहेको बताएका छन् ।


ADVERTISEMENT


मंगलबार संवैधानिक इजलासलाई प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा राय दिनेक्रममा वरिष्ठ अधिवक्ता कार्कीले पार्टीको आन्तरिक झगडालाई कारण देखाएर प्रतिनिधिसभा विघटन गर्नु बद्नियत र असंवैधानिक रहेको बताएका हुन् ।


ADVERTISEMENT

# # #


उनले भने, ‘पार्टीभित्रको झगडालाई मुख्य कारण मानेर संसद् विघटन गर्नु मालाफाइड र असंवैधानिक हो । त्यो आधारमा विघटनको अधिकार प्रयोग गर्ने होइन । त्यो अधिकार प्रयोग गर्न पाइँदैन ।’ संसद् विघटन हुने संवैधानिक आधार र प्रक्रिया पूरा नभएसम्मका लागि विघटन गर्न नपाइने धारणा उनले राखे ।

यस्तै उनले संविधानको व्याख्या गर्दा त्यहाँ जे लेखिएको छ त्यही आधारमा मात्र हुनुपर्ने बताएका छन् । न्यायाधीशहरुले एउटा लेख्या छ अर्को होला भन्न नपाइने बताउँदै उनले भने, ‘व्याख्या श्रीमानहरुले गर्ने हो । व्याख्याको पनि कानुन छ । त्यहीअनुसार मैले गरेको व्याख्या मिल्यो कि मिलेन भनेर जाँच गर्ने हो । विधायकी मनसाय के थियो ? त्यही अनुसार बुझ्नुपर्छ ।’

वरिष्ठ अधिवक्ता कार्कीले संविधान बनाउनेले संविधान दुर्घटनामा पर्‍यो भनेर आन्दोलन चर्काएकाले संविधानमा लेखिएकै आधारमा व्याख्या गर्नुपर्नेमा जोड दिएका हुन् ।

पाँच जना एमिकस क्युरीमा बुधबार सतिशकृष्ण खरेल, विजयकान्त मैनाली, पूर्णमान शाक्य र गीता पाठकले क्रमैसँग राय दिनेछन् । एमिकस क्युरीले उक्त विषयमा अदालतलाई न्याय सम्पादनमा सहयोग पुग्ने उद्देश्यका साथ स्वतन्त्र विचार दिनेछन् ।