काठमाडौँ – कोभिड महामारीले प्रभावित पर्यटन व्यवसायीहरुको कारोबार पुनर्जागरणका लागि कुमारी बैंक लिमिटेड र ठमेल पर्यटन विकास परिषदबीच ठमेल पर्यटन व्यवसाय पुनर्जीवन कर्जा सेवा उपलब्ध गराउने सम्बन्धमा सहकार्य भएको छ ।


ADVERTISEMENT


उक्त सहकार्य अन्तर्गत ठमेल पर्यटन विकास परिषदमा आवद्ध रजिष्टर्ड सदस्य व्यवसायीहरुलाई उक्त कर्जा सुविधा प्रदान गरिने छ । यसरी प्रदान गरिने अधिविकर्ष तथा चालु पूँजी कर्जा लगायत आवधिक कर्जाको सीमा अधिकतम १५ लाख रुपैयाँ रहने छ । उक्त कर्जाहरु व्यवसायको संचालन तथा प्रशासनिक खर्च व्यवस्थापनको लागि लगानी गर्ने बैंकले जानकारी दिएको छ । उक्त कर्जा, आकर्षक ब्याजदर तथा न्यूनतम प्रशासनिक शुल्कमा प्रदान गरिने छ ।


ADVERTISEMENT

# # #


कुमारी बैँकले १९२ शाखा संञ्जाल, १५६ एटिएम, २३ शाखा रहित बैंकिंग ईकाई र १३ एक्सटेन्सन काउन्टरबाट अत्याधुनिक बैंकिंग सेवा सुविधाहरु प्रदान गर्दै आएको छ ।