बैतडी – बैतडी दोगडाकेदारकी भागिरथी भट्टको बलात्कारपछि हत्या भएको दुई सातापछि हत्या आरोपी पक्राउ परेका छन् । मंगलवार राति भट्टको हत्याको आरोपमा प्रहरीले उनकै सहपाठी दिनेश भट्टलाई पक्राउ गरेको छ ।


ADVERTISEMENT


दिनेशले अपराध स्वीकार गरिसकेको र उनलाई आज सार्वजनिक गर्ने तयारी गरिएको जानकारी प्रहरीले दिएको छ । प्रहरीकाअनुसार दिनेश भागिरथी अध्ययनरत स्थानीय सनातन धर्म माविमा उनीसँगै पढ्ने सहपाठी हुन् ।


ADVERTISEMENT

# # #


घटनापछि दिनेश भागिरथीको न्यायका लागि भएका विभिन्न आन्दोलनमा न्याय माग्दै सहभागी समेत भएका थिए । भागरथीको मृत्युपश्चात्,  दिनेश ‘भागरथीलाई न्याय दे, हत्यारालाई फाँसी दे’ नारासहितका आन्दोलनमा पनि सहभागी थिए ।

उनी स्थानीयतह, विद्यार्थी, शिक्षक कर्मचारी, स्थानीयबासिन्दा लगायतले भागरथीको न्यायका लागि आयोजना गर्ने गरिएको हरेक आन्दोलनमा सहभागी हुने गरेका थिए ।