बैतडी – बैतडी गडाकेदार गाउँपालिका–७ मा १७ वर्षीया किशोरी भागिरथी भट्टको बलात्कारपछि हत्या गरेको आरोपमा पक्राउ परेका दिनेश भट्टलाई प्रहरीले सार्वजनिक गरेको छ ।


ADVERTISEMENT


बुधबार सुदूरपश्चि प्रदेशका प्रहरी प्रमुख डीआईजी उत्तमराज सुवेदीले जिल्ला प्रहरी कार्यालय, बैतडीमा आयोजित पत्रकार सम्मेलनमार्फत अभियुक्तलाई सार्वजनिक गरेका हुन् । प्रहरीले अभियुक्त दिनेश भट्टलाई मंगलवार राति पक्राउ गरेको थियो । भागिरथीको बलात्कारपछि हत्या भएको दुई सातापछि हत्या आरोपी पक्राउ परेका हुन् ।


ADVERTISEMENT

# # #


दिनेशले अपराध स्वीकार गरिसकेकाले उनलाई सार्वजनिक गरिएको डीआईजी सुजेवीले जानकारी दिए । उनका अनुसार स्थानीय सनातन धर्म माविमा अध्ययनरत दिनेश भागरथीकै सहपाठी र छिमेकी हुन् ।

दिनेशले लामो समयदेखि एकतर्फी रुपमा मन पराएको र १३ दिनअघि स्कुलबाट एक्लै फर्किएको मौका छोपेर बलात्कारपछि हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ।

पोस्टमार्टम रिपोर्टले उनको बलात्कारपछि घाँटी निमोठेर हत्या भएको देखाएको प्रहरीले जनाएको छ। प्रहरी स्रोतका अनुसार उनले सुरुमा भागरथीलाई भीरबाट लडाएको र घाइते अवस्थामा बलात्कार गरेको बयान दिएका छन्।