काठमाडौँ – नेपाली कांग्रेसको १४औँ महाधिवेशन आगामी भदौमा गर्ने प्रस्ताव गरिएको छ ।


ADVERTISEMENT


केहीबेर अघि सुरू केन्द्रीय कार्यसमिति बैठकमा भदौ ७ देखि १० गतेसम्म महाधिवेशन गर्ने प्रस्ताव गरिएको हो। यसकाु टुंगो भने लागिसकेको छैन । नेताहरुबीचको छलफलपछि भोलिसम्म टुंगो लाग्ने बताइएको छ । यद्दपी यो मितिमा १०–१५ दिन तलमाथि भने हुनसक्ने नेताहरुले अुनमान गरेका छन् ।


ADVERTISEMENT

# # #


कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार केन्द्रीय समिति बैठक सुरू भएको छ।

वरिष्ठ नेता रामचन्द्र पौडेलले जेठमा महाधिवेशन गर्नुपर्ने अडान राखेका थिए। पौडेल र सभापति शेरबहादुर देउवाबीच सहमतिपछि भदौमा महाधिवेशन गर्ने गरी केन्द्रीय समितिमा प्रस्ताव गरिएको छ।