काठमाडौँ – वरिष्ठ संगीतकार किरण कणेंलद्धारा संगीतवद्ध ४ गीतको म्यूजिक भिडियो सार्वजनिक गरिएको छ ।


ADVERTISEMENT


सरस्वती पुजाको अवसर पारेर मंगलबार सिटि सेन्टर, कमलपोखरीमा आयोजित कार्यक्रममा गायक, कलाकार, लेखक तथा अतिथीहरुको संयूक्त टोलीले म्यूजिक भिडियोको लोकापर्ण गरेका हुन् ।


ADVERTISEMENT

# # #


कार्यक्रममा कालिप्रसाद रिजालको शब्द र रमेश कँडेलको स्वरमा रहेको ‘मान्छे’, कल्पना सुवेदीको शब्द र प्रतापदास र मेलिना राईको स्वरमा रहेको ‘गालाको तिलैमा’, बानिका प्रधानको स्वरमा रहेको ‘साह्रै पर्‍यो’ र ‘तिमीबिना’ गीतका म्यूजिक भिडियोहरु सार्वजनिक गरिएको छ ।

‘मान्छे’ बोलको गीतमा वरिष्ठ अभिनेता तथा क्याप्टेन विजय लामा, ‘गालैको तिलै’मा गीतमा आकाश श्रेष्ठ र पुजा शर्माले अभिनय गरेका छन् । त्यस्तै ‘साह्रै पर्‍यो’मा बानिका प्रधान आफै खेलेकी छन् भने ‘तिमीबिना’ कभर सङ्ग हो ।

“गीतका शब्द र संगीतले मानव जीवनको समवेदनासँग प्रत्यक्ष जोड्ने प्रयत्न गरेको छ” संगितकार किरण कणेंल भन्छन्, “समग्रमा संगितपे्रमीको मनछुने गीत बनेको छ ।”

कार्यक्रममा कालिप्रसाद रिजाल, क्या. विजय लामा, संगीतकार राजु सिंह लगाएतको उपस्थिती रहेको थियो