काठमाडौँ– पछिल्लो समयमा अनलाइन सञ्चारमाध्यमको सङ्ख्या बढ्दै गएको छ । सूचना तथा प्रसारण विभागका अनुसार चालु आर्थिक वर्षमा (साउन ६९, असोज ९१, मङ्सिर १६१, पुस ११७ र माघ पहिलो सातासम्म ४०) ४ सय ७८ वटा नयाँ अनलाइन दर्ता भएका छन् ।


ADVERTISEMENT


आव २०७५/०७६ मा ५ सय ५० वटा अनलाइन नयाँ दर्ता गरिएको छ, भने १७ वटा पुनः दर्ता गरिएको छ । त्यस्तै, दुई सय ७२ अनलाइन नवीकरण गरिएको छ । त्यसैगरि, आव ०७६/०७७ मा ५६१ नयाँ अनलाइन दर्ता गरिएको छ । सो अवधिमा २ सय ७२ वटा नवीकरण गरिएको छ । हालसम्म दुई हजार ३ सय २५ अनलाइन दर्ता भएका छन् ।


ADVERTISEMENT

# # #


नेपाल पत्रकार महासङ्घका अध्यक्ष गोविन्द आचार्यले पछिल्लो समयमा अनलाइन पत्रकारिता मूलधारको पत्रकारिताको रूपमा विकास भएका कारण पनि व्यावसायिक र विश्वसनीय बन्न जरुरी रहेको बताउँछन् । उनी भन्छन्; ‘अहिले अनलाइन पत्रकारिता मूलधारको पत्रकारिता बनेको छ तर यसको सङ्ख्या बढ्यो गुणस्तर भने बढ्न सकेन । सबै होइन, कतिपय अनलाइनले पत्रकार आचारसंहिता विपरीत समाचार प्रकाशन गरिएको पाइएको छ, त्यसलाई आचारसंहिता पालना गराउँदै नियमन गर्नुपर्छ ।’

दैनिक, अर्थ साप्ताहिक, साप्ताहिक, पाक्षिक, मासिक, द्वैमासिक, त्रैमासिक, चौमासिक, अर्थ वार्षिक र वार्षिक गरी सात हजार ८ सय ७ पत्रपत्रिका दर्ता गरिएको छ । प्रसारण विभागका अनुसार, हालसम्म एक हजार १ सय २७ एफएम रेडियो र २०२ टेलिभिजन च्यानलले इजाजत पाएका छन् । रासस