प्रदेश १ का मुख्यमन्त्री राईले प्रदेशसभा नै भंग हुनसक्ने बताएका छन् ।


ADVERTISEMENT


प्रचण्ड–नेपाल समूहले राईविरुद्ध गरेको अविश्वासको प्रस्ताव दर्तापछि काँग्रेसले समेत ओली पक्षधरका राई समूहको समर्थन नगरेपछि सरकार स्वयंले नै प्रदेशसभा अवरुद्ध गर्दै आइरहेको छ ।


ADVERTISEMENT

# # #


प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा गत पुस ५ गते राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिधिसभा विघटनपछि विभाजित नेकपाको प्रचण्ड–माधव समूहले ओली पक्षमा रहेका मुख्यमन्त्री राईविरुद्ध पुस १२ माअविश्वासको प्रस्ताव दर्ता गरेको थियो ।

अविश्वासको प्रस्ताव गर्ने १६ प्रदेश सभा सदस्यलाई कारवाही गर्नुपर्ने र आफूविरुद्ध लागेको अविश्वासको प्रस्ताव सभामुखले खारेज गर्नुपर्ने बताउँदै आएका मुख्यमन्त्री राईले प्रचण्ड–माधव समूहकै कारण प्रतिनिधि सभा नै विघटन गर्नुपर्ने अवस्था आउन सक्ने बताएका हुन् ।