काठमाडौँ – उपत्यकावासी नेपाली जनताले राजसंस्था र हिन्दूराष्ट्र पूनःस्थापनाको लागि शनिवार जन प्रदर्शन गर्ने भएको छ ।


ADVERTISEMENT


बिहीवार काठमाडौँमा पत्रकार सम्मलेन गरी उक्त संस्थाले शनिवार बिहाना ११ बजेदेखि माइतीघर मण्डलामा जनप्रदर्शन गर्ने बताएको हो ।


ADVERTISEMENT

# # #


उक्त प्रदर्शनमा शिवसेना नेपाल सहअध्यक्ष दिनेश कँडेल, पुनःउत्थानवादी शक्तिका अध्यक्ष शेखरजङ्ग रायमाझी, शिवसेना नेपालकी सचिव सिर्जना वाग्ले, शिवसेना नेपाल मजदुर बिभाग अध्यक्ष मनोज सापकोटा, हिन्दू अभियन्ता चिरण वीर प्रताप खड्का, गुरु श्रीनिवास आचार्यलगायतले वक्तव्य राख्नेछन् ।

यो व्यवस्थाले जनताले दुःख कष्ट ब्यहोर्नु परेको बताउँदै हिन्दू राजसंस्थावादीहरुले संयुक्त रुपमा प्रदर्शन गर्न लागेको शिवसेना नेपालका सहअध्यक्ष कँडेलले जानकारी दिए ।