काठमाडौँ – राजधानीको टुँडिखेलमा ७० औँ प्रजातन्त्र दिवस मनाइएको छ । एक सय चार वर्षको जहानियाँ राणाशासन अन्त्य भइ देशमा प्रजातन्त्र बहाली भएको दिनको सम्झनामा फागुन ७ गते प्रजातन्त्र दिवस मनाउने गरिन्छ ।


ADVERTISEMENT


फागुन ७ मा प्रजातन्त्र स्थापना भएको सम्झनामा काठमाण्डौको टुँडिखेलमा विशेष कार्यक्रम हुँदै आएको छ । शुक्रबार टुँडिखेलमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्द बहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिना लगायतको सहभागिता रहेको थियो ।


ADVERTISEMENT

# # #


कार्यक्रममा नेपाली सेनाद्वारा तोप र बन्दुकको बढाइ गरि प्रजातन्त्रका लागि जीवन उत्सर्ग गर्ने ज्ञातअज्ञात शहीदको स्मरण गरिएको छ ।

यस्तै प्रजातन्त्र दिवसको तुल बोकेको नेपाली सेनाको हेलिकोप्टरबाट पुष्पवृष्टि समेत गरियो भने काठमाडौँ उपत्यकाभित्रका विभिन्न समुदायका सांस्कृति झल्किने झाँकीसहितको प्रदर्शन गरिएको छ।