काठमाडौँ – प्रदेश २ को प्रदेश प्रमुखमा राजेश झा नियुक्त भएका छन् । राष्ट्रिपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा झालाई शुक्रबार प्रदेश प्रमुखमा नियुक्त गरेकी हुन् ।


ADVERTISEMENT


रौतहट निवासी झालाई नेपालको संविधानको धारा १६३ को उपधारा २ बमोजिम प्रदेश प्रमुखमा नियुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।


ADVERTISEMENT

# # #


राष्ट्रपति भण्डारीले यसअघि आजै मन्त्रिपरिषद्को सिफारिसमा तिलक परियारलाई प्रदेश प्रमुखबाट हटाएकी थिइन् । उनको ठाउँमा झालाई नियुक्त गरिएको हो ।