काठमाडौँ– नेपाल वायुसेवा निगम लिलाममा राखिएको जहाज भवन भट्ट समूहले लिने भएको छ ।


ADVERTISEMENT


लामो समय देखि बिक्री नभएको बोईङ–७५७ एसीए सिरिजको कर्णाली जहाज बिबी एयरवेजले किन्ने भएको हो ।


ADVERTISEMENT

# # #


एयरवेजले १४ करोडमा उक्त जहाज खरिद गर्ने भएको हो । बिक्रीका लागि निगमले दुई पटक सम्म ग्लोवल टेन्डर आह्वान गरेको थियो । १७ करोड रुपैयाँ तोकिएको उक्त जहाज बिक्री नभएपछि १४ करोडमा बिक्रीको लागि राखिएको थियो ।

निगम स्रोतले दिएको जानकारी अनुसार भट्ट समूहले बिबी एयरवेजको नाम खरिद गरेको थियो । निगमले आह्वान गरेको टेन्डरमा १४ करोड रुपैयाँमा आवेदन दिएको थियो । अन्य कम्पनीहरुले १२ करोड भन्दा कम मात्रै टेन्डरमा आवेदन दिएका थिए ।

विगत दुई वर्ष देखि जहाज ग्राउन्डेड भएपछि निगमले लिलामीमा बिक्री गर्ने निर्णय गरेको थियो । नयाँ इन्जिन फेर्नको लागि कम्तीमा १ अर्ब ५० करोड रुपैयाँ भन्दा बढी लाग्ने देखिएपछि निगमले विस्थापन गर्ने निर्णय गरेको थियो ।

१ सय ९० सिट क्षमताको बोइङ–७५७ एसिए जहाज निगमले २९ वर्ष अगाडी खरिद गरेको थियो । १९८७ मा निगमले अन्तराष्ट्रिय उडानका लागि दुई जहाज (बोइङ–७५७) खरिद गरेको थियो ।

त्यसको २७ वर्षपछि दुईवटा एयरबस–३२०–२०० सिरिजका जहाज खरिद गरेर हाल अन्तर्राष्ट्रिय उडान गरिरहेको छ । निगमले दुई ठुुला वाईडवडी जहाजव खरिद प्रक्रिया अगाडी बढाइसकेको छ । वाईडबडी ३३०–२०० सिरिजका दुई ठुला जहाज खरिदपश्चात निगमले लामो रुटमा उडान गर्ने तयारी थालेको छ ।