काठमाडौँ – महानगरीय ट्राफिक प्रहरी महाशाखाले परम्परागत ट्राफिक व्यवस्थापनको शैलीलाई पूर्ण रुपमा परिवर्तन गर्दै प्रविधिमार्फत् ट्राफिक व्यवस्थापन शुरु गरेको छ । हात हल्लाएर निर्देशित गर्ने, सिटी फुकेर ट्राफिक व्यवस्थापन गर्ने गरिएकोमा त्यस्तो तरिकालाई क्रमशः विस्थापित गरेर लैजाने रणनीति लिइएको महाशाखाले जनाएको छ ।


ADVERTISEMENT


अब हात हल्लाउपर्ने, सिटी फुक्नपर्ने जस्तो सेवा काठमाडौँ उपत्यकामा देख्न नपर्ने महाशाखाका प्रमुख जनकराज भट्टराईले बताए ।


ADVERTISEMENT

# # #


उपत्यकाको ट्राफिक व्यवस्थापन कार्यलाई चुस्त, वैज्ञानिक तथा प्रभावकारी बनाउन प्रविधिको प्रयोग शुरु गरिएको उनले बताए । उनले भने, ‘प्रविधिको उच्चतम् प्रयोग गरेर प्रविधिमैत्री ट्राफिक व्यवस्थापन शुरु गरिएको छ।’

उनकाअनुसार ट्राफिक कारबाहीसम्बन्धी जरिवाना, सवारी साधन हराएको वा चोरी भएको उजुरी, ट्राफिकसँग सम्बन्धित अन्य कागजपत्र लिनदिन ट्राफिक प्रहरी कार्यालय धाउन नपर्ने र यस्तो सेवा अब अनलाइनमार्फत नै उपलब्ध हुनेछ ।