काठमाडौँ – प्रधानमन्त्री एवम् नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहका अध्यक्ष केपी शर्माओलीले आफ्नो ७०औँ जन्मदिन मनाएका छन् ।


ADVERTISEMENT



प्रधानमन्त्री ओलीले मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा आफन्तहरुका साथमा जन्मदिन मनाएका हुन् । जन्मदिनको कार्यक्रममा प्रधानमन्त्री ओलीका बुबा मोहनप्रसाद ओली, पत्नी राधिका शाक्य लगायत उपस्थित थिए ।


ADVERTISEMENT

# # #


प्रधानमन्त्री ओली विसं २००८ साल फागुन ११ तेह्रथुम जिल्लाको इवा गाउँमा जन्मिएका थिए ।

तस्बिर : प्रधानमन्त्रीको निजी सचिवालय