काठमाडौँ – सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनःगर्ठन गरेपछि भइरहेको सत्ता समीकरणको रक्सारक्सीको बेला नेकपा उपाध्यक्ष बामदेव गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बिदा गर्नुपर्ने बताएका छन् ।


ADVERTISEMENT


उनले बिहीवार बिहाना नेकपा अध्यक्ष पुष्पकमल दाहाललाई भेटेर प्रधानमन्त्री ओलीलाई सम्मानजनक रुपमा बिदा गरेर नेकपाभित्रबाटै नयाँ प्रधानमन्त्री चुन्नुपर्ने प्रस्ताव राखेका हुन् ।


ADVERTISEMENT

# # #


ओलीलाई अपमान नहुने गरी बिदा गरेमात्र नेकपा एकतावद्ध रहिरहने बताउँदै उनले यस्तो प्रस्ताव गरेको गौतम निकट नेता ताज मोहम्मद मियाले बताए ।