काठमाडौं । नेपाली काँग्रेस काँग्रेसको संसदीय बोर्ड विस्तार भएको छ । यसअघि १७ सदस्यीय संसदीय बोर्ड रहेकोमा आज पाँच जना सदस्य थपेर विस्तार गरिएको हो। संसदीय वोर्डमा थपिनेमा डा शेखर कोईराला, डा मिनेन्द्र रिजाल, मानबहादुर विश्वकर्मा, फर्मुल्लाह मनसुर र एनपी साउद रहनु भएको छ ।


ADVERTISEMENT


पछिल्लो महाधिवेशनमा सर्वाधिक मत ल्याएर केन्द्रीय सदस्यमा निर्वाचित हुनुभएका लोकप्रिय नेता डा कोईराला र मधेशी मोर्चासँगको बार्तामा प्रभावकारी भूमीका खेल्नु भएका रिजाललाई बोर्डमा छुटाइएको भन्दै चर्को आलोचना भएको थियो । डा रिजाल आन्तरिक व्यवस्थापनमा चुस्ता नेताका रुपमा पनि चिनिनुहुन्छ । त्यसैगरी दलित र मुस्लीम समुदायको प्रतिनिधित्व नभएकाले संसदीय बोर्ड समावेशी हुन नसकेको आरोप लागेपछि विश्वकर्मा र मन्सुरलाई थपिएको हो ।


ADVERTISEMENT

# # #


उहाँहरु समेत सहभागी हुनेगरी आजै बेलुका पाँच बजे बोर्डको बैठक बोलाइएको छ । बैठकले प्रतिनिधि सभा र प्रदेश सभाका पार्टीको तर्फबाट प्रतिश्पर्धा गर्ने उम्मेदबारहरुको नामावली तयार पार्ने छ । काँग्रेसमा संसदीय बोर्डलाई निकै महत्वका साथ हेर्ने गरिन्छ ।