काठमाडौँ – नेपालले चालू आर्थिक वर्षको पहिलो ७ महीनामा कुल ८ खर्ब ७३ अर्बको वैदेशिक व्यापार गर्यो । जसमा ८ खर्ब ४ अर्बको वस्तु आयात हुँदा निर्यातको हिस्सा भने ६९ अर्ब ९१ करोडको रहेको छ, जुन कुल वैदेशिक व्यापारको ८ प्रतिशत मात्र हो ।


ADVERTISEMENT


यस अवधिमा नेपालको वैदेशिक व्यापार घाटा ७ खर्ब ३३ अर्ब नाघेको छ ।


ADVERTISEMENT

# # #


नेपालले आयात प्रतिस्थापन गरी निर्यात प्रवद्र्धन गर्ने नीति लिएकोमा यस अवधिमा भटमासको तेल लगायतका वस्तुको निर्यात सुध्रिएको देखिएको छ । अघिल्लो वर्षसम्म नेपालले मलेसिया, ईन्डोनोशिया लगायतका मुलुकबाट पामको कच्चा पदार्थ आयात गरी पाम तेल निर्यात गर्ने गरेको थियो ।

तर भारतले पाम तेलको निकासीमा प्रतिवन्ध लगाएपछि नेपाली उद्योगीले पामको विकल्पको रुपमा भटमासको तेल उत्पादन शुरू गरेका हुन् ।

यस अवधिमा कुल निर्यातको २८ प्रतिशत हिस्सा भटमासको तेलको मात्र रहेको छ । भन्सार विभागकाअनुसार चालू आर्थिक वर्षको पहिलो ७ महीनामा १९ अर्ब ५९ करोडको भटमासको तेलको निर्यात भएको छ ।

यस लगायत नेपाली केही वस्तुको अन्तरराष्ट्रिय बजारमा निर्यात राम्रो हुने गरेको देखिएको छ । नेपालबाट विशेषतः कुन वस्तुको निर्यात बढी हुने गरेको छ ? आउनुहोस् यस विषयमा चर्चा गरौँ ।

भटमासको तेल
नेपालबाट सबैभन्दा बढी निर्यात भएको वस्तु भटमासको तेल हो । अघिल्लो वर्ष ५ अर्बको मात्र भटमासको तेलको निर्यात भएकोमा यस वर्ष यसको निर्यात २२९ प्रतिशतले वृद्धि भई १९ अर्ब ५९ करोडको भटमासको तेल भएको छ । नेपाली व्यवसायीले कच्चा पामको आयात गरी प्रशोधनपछि भारतीय बजारमा निर्यात गर्ने गरेका थिए । अघिल्लो वर्षदेखि भारतले पाम तेलको निकाशीमा प्रतिवन्ध लगाएपछि नेपाली व्यवसायीले पामको विकल्प खोजे । जसअन्तर्गत पाम उत्पादन गर्ने उद्योगमै बाह्य मुलुकबाट आयात हुने कच्चा भटमासको प्रशोधन गरी व्यवसायीले तेल उत्पादन गर्दै आएका छन् भने यसको पनि मुख्य बजार भारत नै हो ।

प्रशोधित भटमास तेलको निकासी ४०० प्रतिशत बढ्यो, साउनमा निर्यात भएका वस्तुमध्ये पहिलो

सेन्थेटिक यार्न
नेपालबाट निर्यात हुने दोस्रो मुख्य वस्तु सेन्थेटिक यार्न हो । यद्यपि, चालू आर्थिक वर्षको पहिलो ७ महीनामा यसको निर्यात घटेको छ । अघिल्लो वर्ष ५ अर्ब १२ करोडको सेन्थेटिक यार्न निर्यात भएकोमा यस वर्ष ४ अर्ब ४६ करोडको निर्यात भएको छ ।

Synthetic Yarn at Rs 200/kg | Synthetic Yarn | ID: 6501772388

अलैँची
नेपालबाट निर्यात हुने तेस्रो मुख्य वस्तु अलैँची हो । अलैँचीको माग बाह्य मुलुकमा राम्रो देखिएको छ भने प्रत्येक वर्ष क्रमश यसको निर्यात बढ्दै गएको छ । चालू आर्थिक वर्षको पहिलो ७ महीनामा ४ अर्ब २८ करोडको अलैँची निर्यात भएको छ, जुन अघिल्लो वर्षको यही अवधिको तुलनामा ४८ दशमलव ७६ प्रतिशतले बढी हो ।

अलैँचीमा सकसः बजार मूल्यभन्दा भन्सार मूल्य दोब्बर – देशसञ्चार

ऊनी गलैँचा कार्पेट
नेपालबाट निर्यात हुने चौँथो मुख्य वस्तु ऊनी गलैँचा कार्पेट हो । अघिल्लो आर्थिक वर्षको पहिलो ७ महीनामा ४ अर्ब २७ करोडको निर्यात भएकोमा यस वर्ष २ दशमलव २२ प्रतिशतले निर्यात घटेर ४ अर्ब १७ करोडको निर्यात भएको छ ।चीन TG2013-004 हातले बनाएको गलैँचा निर्माता र आपूर्तिकर्ता | तपाईं

तयारी कपडा
नेपालबाट निर्यात हुने पाँचौँ मुख्य वस्तु तयारी कपडा हो । यद्यपि, यस वर्ष तयारी कपडाको निर्यात पनि २ दशमलव २२ प्रतिशतले घटेर ३ अर्ब २३ करोडको निर्यात भएको छ ।

ठूलो परिमाणमा तयारी कपडा बरामद

चिया
नेपालबाट निर्यात हुने मुख्य वस्तु मध्ये चिया पनि हो । यस वर्ष नेपालबाट निर्यात हुने छैठौँ स्थानमा चिया रहेको छ । अघिल्लो वर्षको तुलनामा यस वर्ष चियाको निर्यात भने २५ प्रतिशतले बढेको छ । विभागकाअनुसार यस अवधिमा २ अर्ब ९३ करोडको चिया निर्यात भएको छ ।

कालो चियाको बारेमा रोचक कुरा: इतिहास देखि फाइदा बेफाइदा - Nepali  Headlines,Nepal News, Nepali News, News Nepal

 

जमोठ कपडा
यस अवधिमा नेपालबाट २ अर्ब ४७ करोडको जमोठ कपडा निर्यात भएको छ, जुन अघिल्लो वर्षको तुलनामा ६३ दशमलव ७१ प्रतिशतले बढी हो ।

उन्हाळ्यामध्ये ह्या कापडांपासून बनविलेले कपडे वापरणे श्रेयस्कर - Majha Paper

जुटका कपडा
जुटका कपडाको पनि अन्तरराष्ट्रिय बजारमा माग बढ्दै गएको छ । अघिल्लो वर्ष १ अर्ब ९४ करोडको जुटका कपडा निर्यात भएकोमा यस वर्ष २ अर्ब ३७ करोडको निर्यात भएको छ ।

जुटको बोरा अभावमा धान खरिदमा ढिलाइ | eAdarsha.com

 

अन्य कपडा
कपडाको निर्यात बढ्दै गएकोमा यस वर्ष जमोठ र जुटबाहेकका अन्य कपडाको भने निर्यात घटेको छ । तयारी कपडाको निर्यात पनि घटेकोमा समग्र अन्य कपडाको निर्यात समेत यस वर्ष शून्य दशमलव ५२ प्रतिशतले घटेको देखिएको छ । यस अवधिमा नेपालबाट १ अर्ब ९६ करोडको अन्य कपडाहरू निर्यात भएका छन् ।

कपडा निरीक्षण

 

फलफुलको जुस
नेपालबाट निर्यात हुने मुख्य उत्पादनमध्ये फलफुलको जुस पनि मुख्य भएकोमा यस वर्ष भने फलफुलको निर्यात घटेको छ । विभागका तथ्यांकअनुसार यस वर्ष ६ प्रतिशतले फलफुलको जुस घटी १ अर्ब ९५ करोडको निर्यात भएको छ ।

यी ५ जुस सेवन गर्दा ध्यान पुर्याउ, नत्र फाइदा होइन बेफाइदा गर्ला! पढ्नुस | rochak nepali khabarside