काठमाडौँ – सर्वोच्च अदालतको संसद् पुनःस्थापना गर्ने निर्णयपछि प्रधानमन्त्री केपी शर्मा ओलीको सेड्युल शिलान्यास र उद्घाटनमा व्यस्त छ । आइतवार मात्र प्रधानमन्त्री केपी शर्मा ओलीले गृहजिल्ला झापा पुगेर औधोगिक पार्कको शिलान्यास गरे । पुलको उद्घाटन पनि गरे ।


ADVERTISEMENT


गृहजिल्ला झापापछि प्रधानमन्त्री ओली आज पोखरा जाँदैछन् । उनले आज त्यहाँ प्रदेश परिक्षण प्रतिष्ठानको शिलान्यस गर्नेछन् । बिहाना १०ः३० मा पोखरा उड्न लागेका प्रधानमन्त्रीले त्यहाँ पुगेर प्रतिष्ठानको शिलान्याससहित पोखरा रंगशालाको निरिक्षण पनि गर्नेछन् । त्यसपछि उनले पोखरा सभागृहमा कार्यकर्ता भेलालाई सम्बोधन गर्नेछन् ।


ADVERTISEMENT

# # #


आज पोखरामा व्यस्त सेड्युल रहेका प्रधानमन्त्री ओलीको भोलि पुनः झापा जाने कार्यक्रम छ । त्यहाँ पुगेर उनले मेडिकल सञ्चालक दुर्गा प्रसाईको पूर्वाञ्चल क्यान्सर अस्पतालको उद्घाटन गर्नेछन् ।