काठमाडौँ – प्रधानमन्त्री केपी शर्माओलीले आफ्नो पार्टी दुई तिहाई बहुमतसहित फेरि सरकारमा जाने दाबी गरेका छन् ।


ADVERTISEMENT


विभाजनपछि नेकपा ओली समूहको नेतृत्व गरिरहेका प्रधानमन्त्री ओलीले सोमबार पोखरामा आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै सरकार फेरिएर आफू प्रतिपक्षका रुपमा बस्नु परे पनि डेढ वर्षपछि हुने निर्वाचनमा एक्दै दुई तिहाई बहुमत ल्याएर पुनः सरकारमा जाने दाबी गरेका छन् ।


ADVERTISEMENT

# # #


उनले प्रचण्ड–माधव समूहलाई विधिवत रूपमा आफूविरुद्ध अविश्वासको प्रस्ताव पारित गरेर देखाउन चुनौति दिए । उनले भने, ‘बैठक बोलाइदिन्छु, आउनुहोस् न । विधिबाटै भेटौँ ।’ नेकपा प्रचण्ड–माधव समूहले प्रधानमन्त्रीको खोजीका लागि दौडादौड गरिरहेको बताउँदै उनले कसैले मागेर प्रधनमन्त्री पद नपाइने बताए ।

उनले भने, ‘अपराधै गर्न सफल हुनुभयो भने पनि विधि पद्धतीबाटै आउनुहोस् हामी मान्छौँ । मानेर केही बिग्रिँदैन । डेढ वर्षसम्म हामी प्रतिपक्षमा बसौँला । त्यसपछि हामी दुई तिहाईको बहुमतसहित फर्केर जान्छौँ ।’

उनले पार्टी एकता जोगाउनकै लागि आफूले प्रचण्ड–माधव समूहलाई पार्टी केन्द्रीय सदस्यमा बहुमत दिएको त्यसको धाक नदेखाउन चेतावनी दिए । उनले भने, ‘उनीहरुले भनिरहेका छन्, हामीहरुसँग केन्द्रीय कमिटीको बहुमत छ । त्यो त मैँले नै दिएको बहुमत हो एकता गर्न । मैँले मेरो नोटकपीमा नाम लेखेर केन्द्रीय कमिटी बनाएको हो । महाधिवेशनबाट छानिएर आएको, चुनाव जितेर आएको कमिटी हो र त्यो ?’

उनले आफूले बनाइदिएको केन्द्रीय कमिटीको आडमा प्रचण्ड–माधव समूहले षड्यन्त्रपूर्वक बार्गेनिङको धन्धा सुरु गरेको बताए । उनले आवश्यक परे प्रचण्ड माधव समूहका केन्द्रीय कमिटीलाई हटाइदिनु सक्ने चेतावनी दिए । भने, ‘यस देशमा कसैका लागि कम्फर्टेबल सरकार बनाइदिने उहाँहरुको उद्देश्य । जुन हातले नाम लेख्यो, त्यही हातले नाम काट्न सक्छ । उहाँहरुको केन्द्रीय कमिटी पनि मैँले नै बनाइदिएको हो । जरुरी पर्यो भने..।’