नवलपुर – पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको दुम्कौलीमा गए राति दुईवटा ट्रक एकापसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा परी दुई जना घाइते भएका छन् ।


ADVERTISEMENT


जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व)का प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीका अनुसार दुर्घनामा परेका दुवै ट्रकका चालकको मृत्यु भएको हो । उनका अनुसार दुर्घटनामा परी ना ६ ख ३०११ नंको ट्रक चालक पोखरा महानगरपालिका १५ बस्ने ५१ वर्षीय खिमबहादुर विक र ना ७ ख ७०२३ नम्बरको ट्रकका चालक हेटौँडा उपमहानगरपालिका बस्ने ३४ वर्षीय राजकुमार न्यौपानेको मृत्यु भएको छ ।


ADVERTISEMENT

# # #


दुर्घटनामा परेर ट्रकका सहचालकसमेत घाइते भएका छन् । ट्रकका सहचालक तनहुँ बन्दीपुर ३ बस्ने १८ वर्षीय विश्वास शाही र बवही गाउँपालिका ६ दाङ बस्ने ३३ वर्षीय घनश्याम खड्का घाइते भएका छन् । घाइते दुवैको अवस्था गम्भीर रहेको र पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक गिरीले बताए । रासस