फुङलिङ– ताप्लेजुङको मेरिङ्देन गाउँपालिका ३ तथा जिल्लाकै दोस्रो ठूलो बजार दोभान बजारमा आगलागी भएको । आज बिहान १० बजे भोला पौडेलका घरबाट विद्युत् चुहिएर आगलागी भएको स्थानीयवासी गणेश कार्कीले बताएका छन् ।


ADVERTISEMENT


दोभान बजारमा अहिले ३५ घर जलेर पूरै नष्ट भइसकेको छ । ‘आगो नियन्त्रणभन्दा बाहिर गइसक्यो, केही घर भत्काएर अग्निरेखा कोर्ने काम गर्दैछौ; उनले भने ।


ADVERTISEMENT

# # #


ताप्लेजुङको दमकल आगलागी क्षेत्रमा पुगेको र छिमेकी जिल्ला पाँचथरदेखि पनि आउँदै गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख बालरनसिंह राणाले जानकारी दिए। भीषण आगलागी भएको खबर प्राप्त भएको भन्दै उनले आफु पनि सो क्षेत्रमा जान लागेको बताए । सुरक्षाकर्मी र स्थानीयवासीले आगो नियन्त्रण गर्ने पहल गरिरहेको कार्कीले जनाए । रासस