काठमाडौं – दशैँ लगायतका चाडपर्वलाई लक्षित गरी लामो तथा मध्यम दूरीका सवारी साधनका लागि अग्रिम टिकट बुकिङ खुला गरिएको छ ।
शुक्रबारबाट काठमाडौंको नयाँ बसपार्कमा सार्वजनिक सवारीसाधनको अग्रिम टिकट बुकिङ खुला गरिएको हो । अग्रिम टिकट बुकिङ खुलेसँगै नयाँ बसपार्कमा बिहानैदेखि टिकट लिने यात्रीको घुइँचो लागेको छ ।
ले नयाँ बसपार्कलगायतका स्थानहरूबाट लामो तथा मध्यम दूरीका सवारी साधनहरूको लागि दशैँको अग्रिम टिकट बुकिङ बिहानैदेखि उत्साहजनक रूपमा सुरु भएको जाककारी दिए । शनिबार र आइतबार टिकट काट्ने यात्रुहरूको अनियन्त्रित भीड हुन सक्ने सम्भावनालाई ध्यानमा राख्दै व्यवस्थित र लामबद्ध भएर टिकट काट्न तथा यात्रा गर्न उनले आग्रह गरेका छन् ।
साथै उनले मेचीदेखि महाकाली सम्मका सडकका खाल्डाखुल्डी पुर्न, सडक विभाग, ट्राफिक प्रहरी तथा सरकारी निकायहरूलाई चुस्त र ’स्ट्यान्डबाई’ अवस्थामा रहन आग्रह गरे । चाडपर्वमा आपराधिक गतिविधि हुने सम्भावना अधिक भएकाले बसपार्क क्षेत्रका साथै अन्यत्र पनि शान्तिसुरक्षाको सुदृढ प्रबन्ध मिलाइएको प्रहरीले जनाएको छ ।

















