काठमाडौँ – सरकार र प्रतिवन्धित विप्लव समूहको नेकपाबीच औपचारिक वार्ता शुरु भएको छ ।


ADVERTISEMENT


वार्ताका लागि विप्लव समूहका नेता खड्कबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ र उदय चलाउने गरी दुई सदस्यीय टोली मंगलवारै काठमाडौँ आइपुगेको थियो । सरकारले गृहमन्त्री रामबहादुर थापा ‘बादल’को र डा. राजन भट्टराई गरी दुई सदस्यीय वार्ता टोली बनाएकोमा प्रधानमन्त्री निवास बालुवाटारमै वार्ता शुरु भएको स्रोतले जनाएको छ ।


ADVERTISEMENT

# # #


स्रोतकाअनुसार यतिबेला सरकार र विप्लव पक्षबीच वार्ता जारी छ ।