नवलपुर- कोभिड–१९ विरुद्धको खोप लगाउँदा कोही पनि डराउन नपर्ने स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागाईंले बताएका छन् । मङ्गलबार देवचुली नगरपालिकाको दलदलेमा आयोजित ‘स्वास्थ्य समृद्धि र सुरक्षाःकोभिड–१९ खोपले गर्छ रक्षा’ विषयक अभिमुखीकरण तथा पत्रकार अन्तर्क्रिया कार्यक्रममा चापागाईंले ढुक्क भएर कोभिडविरुद्धको खोप लगाउन आग्रह गरेका छन् ।


ADVERTISEMENT


नवलपुरमा आगामी फागुन २३ गतेदेखि शुरु हुने दोस्रो चरणको कोभिड–१९ विरुद्धको खोप अभियानका लागि सम्पूर्णलाई सुरक्षितका साथ भ्याक्सिन लगाउन चापागाईंले आग्रह गरेका हुन् । कोभिड–१९ विरुद्धको खोपको विषयमा विभिन्न किसिमका भ्रम फैलिए पनि वास्तवमा कोरोना खोपले कुनै प्रकारको नकारात्मक असर नगर्ने चापागाईंको भनाई रहेको छ ।


ADVERTISEMENT

# # #


खोप लगाएपश्चात् सामान्य किसिमको लक्षण देखिए पनि डराउनुपर्ने अवस्था नरहेकाले सम्पूर्णलाई खोप लगाउन उनले आग्रह समेत गरेका छन् । अन्तक्र्रियामा मध्यविन्दु जिल्ला अस्पताल डण्डाका डा. सविता लम्सालले कोरोनाविरुद्धको खोप लगाएपछि हुनसक्ने सम्भावित घटना (एइएफआई) व्यवस्थापन कसरी गर्ने, कोरोना खोप लगाउनु कतिको उपयुक्त हो? जस्ता विभिन्न विषयमा सहजीकरण गरेका थिए । रासस