काठमाडौँ – राष्ट्रिय खेलकुद परिषदको कार्यक्रम अनुसार नेपाल क्रिकेट संघ (क्यान)द्वारा अयोजना हुने ‘‘काठमाडौँ मेयर कप २०७७’ पुरुष एक दिवसीय क्रिकेट प्रतियोगिता डिशहोमले प्रत्यक्ष प्रशारण गर्ने भएको छ ।


ADVERTISEMENT


प्रतियोगिताको पत्यक्ष प्रशारणका लागि डिश मिडिया नेटवर्क र क्यानबीच समझदारी भएको छ । काठमाडौंको किर्तिपुर तथा मुलपानी मैदानमा फागुन २२ बाट सुरु हुने मेयर कप तीन विभागीय टोली, बागमती प्रदेशको टोली र काठमाडौँ महानगरपालिकाको टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन ।


ADVERTISEMENT

# # #


फागुन २९ गते सम्म चल्ने प्रतियोगितामा १ बागमती प्रदेश, ३ विभागीय टोली र १ काठमाडौ महानगरपालिका गरी सहभागी ५ टाली रहेको छ । प्रतियोगिता डिश मिडिया नेटवर्कको एक्सन स्पोर्टस् एचडी तथा एसडी च्यानल ले प्रत्यक्ष प्रशारण गर्नेछ ।

यसअघि दाङमा भएको प्रधानमन्त्री कप महिला प्रतियोगिता र काठमाडौंको किर्तिपुर तथा मुलपानी मैदानमा को पनि प्रत्यक्ष प्रसारण गरेको थियो ।