काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाविरुद्धको खोप लगाएका छन् ।


ADVERTISEMENT


आइतवार बिहाना त्रिवि शिक्षण अस्पताल गएर उनले खोप लगाएका हुन् । खोप लगाएपछि फर्कने क्रममा छोटो प्रतिक्रिया दिँदै उनले खोप लगाउँदा आफूलाई कुनै समस्या नभएको बताए ।


ADVERTISEMENT

# # #


उनले सबैलाई खोप लगाउन आग्रह समेत गरेका छन् । उनले भने, ‘मैले कोभिडको भ्याक्सिन लगाएँ, अहिले कुनै कम्प्लिकेसन छैन, सबैले खोप लगाएर खोप अभियानलाई सफल पारौं।’

प्रधानमन्त्रीले खोप लगाइसकेपछि आजबाट जेयष्ठ नागरिकलाई खोप लगाउन शुरु गरिएको छ ।