काठमाडौँ – काठमाडौँमा जारी ‘काठमाडौँ मेयर कप–२०७७’ पुरुष एकदिवसीय क्रिकेट प्रतियोगितामा दीपेन्द्र सिंह ऐरीको शतकमा नेपाल पुलिस क्लबले एपीएफ क्लबलाई २५९ रनको चुनौति दिएको छ ।


ADVERTISEMENT


आइतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ थालेको पुलिसले ६ विकेट गुमाएर २५८ रन बनाएको हो । सोक्रममा पुलिसका उपकप्तान दीपेन्द्र सिंह ऐरीले शानदार ब्याटिङ गर्दै शतक बनाए ।


ADVERTISEMENT

# # #


घरेलू क्रिकेटमा पहिलो शतक प्रहार गरेका उनले १३१ बलमा नटआउट १४० रन बनाए । चौथो नम्बरमा ब्याटिङमा आएका उनले ११ चौका र ६ छक्का ठोके । यस्तै पवन सर्राफले ३० बलमा ४ छक्काको मदतमा ३५ रन बनाउँदा सुनिल धमलाले ७२ बलमा ३३ रन बनाएर आउट भए ।

यस्तै अनिल साह १८ र कुशल भुर्तेल १० रनमा पेवेलियन फर्किए ।

एपीएफका लागि कप्तान शरद भेषावकरले ३ तथा अभिनाश बोहराले २ तथा अमरसिंह रौटेलाले १ विकेट हात पारे ।

एपीएफले जवाफी ब्याटिङ गर्दैछ ।