– अनुश्री आचार्य (पोषणविद्, न्युट्रिशन क्योर नेपाल)


ADVERTISEMENT


नेपालको सन्दर्भमा भन्ने हो भने भर्खरै जाडोयाम सकेर हामी गर्मीयामतर्फ प्रवेश गरेका छौँ । अबका दिनमा तातो वायू प्रवाह र उच्च घामका कारण हुने गर्मीले अधिकांशमा शरीर गल्ने, चिडचिडाहटपन हुने, आलस्य हुने र थकान लाग्ने जस्ता समस्याहरु निम्त्याउँछ ।


ADVERTISEMENT

# # #


तसर्थ यस गर्मीयाममा शरीरलाई फाइदा एवम् आराम प्रदान गर्ने विभिन्न किसिमका घरेलु फलहरुमध्ये पुदिना पनि एक हो । पुदिना प्रयोगको गुण भनेकै सुगन्धित बनावट र स्वास्थ्यमा फाइदा पुर्‍याउनु हो । यसले व्यक्तिलाई राम्रो एवम् सहज महशुस प्रदान गर्दछ । तसर्थ यसकारण पनि तुलनात्मक रुपमा पुदिनाको प्रयोग जाडोयाममा भन्दा गर्मीयाम बढी उचित रहन्छ ।

कसरी गर्ने पुदिनाको प्रयोग ?

पुदिनालाई प्रयोग गर्न धेरै तरिकाहरु छन् जस्तोः

पेय पदार्थको रुपमा

चिया, कागती पानीसँग वा सर्वतसँग प्रयोग गर्ने ।

पुदिनाको पातको प्रयोग

अचार/चटनी, बनाएर खाने, सलाद, दही, सुप तथा चाटमा गार्निश(सजावट) का रुपमा प्रयोग गर्ने ।

यसका फाइदाहरुः

उच्च पोषक तत्वको प्रदानः यस घरेलु जडिबुटीमा भिटामिन ए, आइरन, फोलेट, म्यागनीजको मात्रा पनि प्रशस्त रहन्छ । यसका साथै यसलाई न्युन क्यालोरी भएको जडिबुटी मानिन्छ । जसमा १४ ग्राम बराबर ६ क्यालोरी रहेको हुन्छ ।

ग्यास्ट्रिक तथा आन्द्रासम्बन्धि समस्याबाट राहतः

दुखाई कम गर्न मद्दत गर्नु, सुन्निने एवम् शरीरमा अनवाश्यक रुपमा जम्मा हुने ग्यासबाट टाढा राख्न ।

चिसोबाट बचाउनु:

पुदिनामा पाइने मेथानलले नाकमा असहज महशुस भई श्वासप्रश्वासमा हुने कठिनाईबाट बचाउँछ । यद्यपि यसको यो प्रभाव व्यक्तिपिच्छे फरक–फरक रहन सक्छ ।

र, सास गन्हाउने समस्याबाट राख्छ टाढाः

धेरैजसो व्यक्ति सास गन्हाउने समस्याबाट ग्रसित भएका हुन्छन् । यसका लागि कतिपयले माउथ स्प्रे तथा चुइगम चपाउने विकल्प पनि अपनाएको देखिन्छ । यद्यपि त्यसको साटोमा पुदिनाको प्रयोग अत्यन्त उपयोगी विकल्प हो । यसले व्यक्तिको मुखमा भएका किटाणुलाई नष्ट गर्दै ताजा सास समेत प्रदान गर्दछ ।

यसर्थ, माथि उल्लेखित स्वास्थ्य समस्या भएका व्यक्तिहरुका लागि पुदिनाको सेवन अत्यन्त उपयोगी रहन्छ । तर, यसबाहेक गम्भीर रोगका कारण औषधि सेवन गरिरहेका बिरामीहरुले भने कुनै पनि घरेलु औषधि सेवन गर्नुपूर्व एक पटक अनिवार्य रुपमा आफ्नो चिकित्सकसंग सल्लाह लिनु उपयुक्त रहन्छ ।

अन्त्यमा…

हाम्रो वरपरका पर्यायवरणीय अवस्थामा पुदिना उमार्नका लागि अति नै उपयुक्त रहेको छ । यसलाई हामीले बगैँचा तथा कुनै सानो भाँडोमा सहजै फलाउन सक्छौ । तर, हामीले के याद राख्नुपर्छ भने, आफैले फलाए पनि कुनै पनि फल प्रयोग गर्नुपूर्व हामीले त्यसलाई राम्ररी पखालेर मात्रै प्रयोग गर्ने बानी बसाल्नुपर्छ ।

  प्रस्तुतीः सृजना मगर